२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

४ दिन भित्रै दोषी पत्ता लगाउने सहमती पछि अवरुद्ध बाटो खुल्यो



मायादेवी अनलाइन, पिपरा ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा २ पिपरामा पीडित तथा स्थानियले एक घण्टा सडक अवरुद्ध गरेका छन् । गत जेठ २० गते सिउटीका रामप्रसाद चौधरीको गाडीको ठक्करबाट मृत्यु हुदा समेत प्रहरीले बेवास्ता गरेको भन्दै दवाव स्वरुप पीडितले सडक अवरुद्ध गरेका हुन् । घटना भएको २६ दिन हुदा समेत गाडी फरार भएपछि पीडितले आक्रोश व्यक्त गर्दै इलाका प्रहरी कार्यालय पिपरा अघि सडक अवरुद्ध गरेका थिए । प्रहरी र पीडित पक्ष बिच ४ दिन भित्र ठक्कर दिने गाडी पक्राउ गर्ने सहमती पछि अवरुद्ध बाटो खुलेको हो । मृतक रामप्रसाद चौधरीका आफन्तले ठक्कर दिने गाडी र चालकको नामममा एकहप्ता अघि प्रहरीमा किटानी जाहेरी दिएका छन् । ४ दिनभित्र ठक्कर दिने गाडीका चालकलाई थप अनुसन्धान गरी कार्वाही गर्ने सहमती भएको बताइएको छ । प्रहरीले पक्राउ गरी अनुसन्धान नगरे पुन सडकमा उत्रिने उनका दाजुले मायादेवी अनलाइनलाई बताए । सिसिटिभी क्यामेराको आधारमा दुर्घटनाको प्रकृति हेर्दा टिप्परले ठक्कर दिएको पीडितले बताएका छन् ।
वाणगंगा नगरपालिका १ बैरियामा गत जेठ २० गते गाडीको ठक्करबाट सिउटीका रामप्रसाद चौधरीको मृत्यु भएको थियो । तर चौधरीलाई ठक्कर दिइ फरार रहेको गाडीलाई झण्डै एक महिना पुग्दा समेत नियन्त्रणमा लिइ कारवाही गर्न नसकेको भन्दै पीडित परिवार र आफन्तले प्रहरी प्रति आशंका गरेका छन् । दुर्घटना स्थलको सिसिटिभीको फुटेज भएपनि प्रहरीले दोषीलाई पत्ता लगाउन कुनै चासो नदिएको आफन्तले बताएका छन् । तर प्रहरीले सिसिटिभीको फुटेजमा दुर्घटना बारे स्पष्ट नदेखिएको भन्दै दोषी पत्ता लगाउन कठिन भएको बताएको छ । शंका लागेका गाडी र चालकहरु संग अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्याल पिपराले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ३ : ०१ बजे