२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

धादिङमा बस र दुई माइक्रो ठोक्किएर दुर्घटना, दुईजनाको मृत्यु



काठमाडौं ।
धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। लु१ख ९०७९ नम्बरको बस बा३ख १००४ र बा२ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा ३२ जना घाइते भएको र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृतक एकजना धादिङ महादेवस्थान गाउँपालिकाका २७ वर्षीय श्यामकुमार श्रेष्ठ रेहको र एकजनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यद्यपि,घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  २ : ४२ बजे