१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भक्तपुरमा दिनदहाडै घाँटी रेटेर महिलाको हत्या



भक्तपुर ।
भक्तपुरमा अपरिचित व्यक्तिको समूहले दिनदहाडै एक महिलाको हत्या गरी फरार भएको छ । चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
उनलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई जना हरियारधारीले महिलाको घाँटी रेटेर हत्या गरी भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । भट्टराईकी छोरी बाँसबारी विद्युत तालिम केन्द्र पछाडि स्थानीय सोनाम थापामगरको १ तले पक्की घरमा डेरा गरी बस्दै आएकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ३ : १५ बजे