१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तीन महिने निशुल्क सिलाइ कटाइ तालिम सकियो



मायादेवी अनलाइन, वाणंगगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा तीन महिने निशुल्क सिलाइ कटाइ तालिम सम्पन्न भएको छ । वाणगंगा दलित सेवा समाज उप्टाहको आयोजना र वाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमको आज समापन गरिएको हो । तालिमको समापन गर्दै वाणगंगाका उपमेयर चक्र अर्यालले सिकेको सिपलाई ब्यवहारमा उतार्दै आत्मनिर्भर बन्न तालिममा सहभागिलाई आग्रह गर्नुभयो । उहाले नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्तले सहभागीले सिकेको सिपलाई सदुपयोग गर्नेमा आफु ढुक्क भएको बताउनुभयो ।

तालिम संयोजक रघुनाथ विकको स्वात मन्तब्यमा भएको समापन समारोहको सञ्चालन वाणगंगा दलित सेवा समाजका सचिव कमल विकले गर्नुभएको हो । वाणगंगा दलित सेवा समाजका अध्यक्ष कृष्ण बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य विमला परियार, १ का वडा सदस्य हरिकला नेपाली, झलक मल्ल ठकुरी, दलित अधिकारकर्मि छविलाल नेपाली, पूर्णचन्द्र परियार, टोल विकास संस्थाका अध्यक्ष बुद्धि सागर बेल्वासे लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ५ : ५९ बजे