४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

देशभर बदलीः पश्चिम पहाडमा भारी वर्षाको सम्भावना



काठमाडौँ ।
देशका अधिकांश स्थानमा आज (सोमबार) पनि हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम पहाडका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद शमिर श्रेष्ठले जानकारी दिए ।
सुदूरपश्चिम क्षेत्रमा सोमबार बिहानैदेखि मेघ गजर्नसहित वर्षा भइरहेको छ । त्यहाँ दिउँसो पनि केही स्थानमा भारी वर्षा हुने मौसमविद श्रेष्ठले बताए ।
देशभर सोमबार राति पनि सामान्य बदली भएर पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मध्य र पूर्वका विशेष गरी तराई भूभागका एक दुई स्थानहरुमा र पश्चिमका पहाडी भूभागका केही स्थानमा सोमबार राति भारी वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ असार २०७६ सोमबार ००:००  ८ : ३२ बजे