१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

छविराज बिरुद्ध उजुरी दिन प्रहरीमा पुगिन् शिल्पा



काठमाडौं ।
नायिका शिल्पा पोखरेलले श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। नायिका पोखरेलले श्रीमान छविराज ओझाबाट आफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा पाऊँ भन्दै उजुरी दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए। उनले भने, ‘हो शान्ति सुरक्षा माग गर्दै हामीलाई उजुरी गर्नुभएको छ हामीले दुवैलाई छलफलमा बोलाएका छौँ।’ अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंताका विवाह बन्धनमा बाँधिएका थिए। उनीहरू दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

प्रकाशित मिति : २५ असार २०७६ बुधबार ००:००  १ : ५४ बजे