२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

शुद्धोधन गाउँपालिकाको बजेट ४१ करोड ४२ लाख



मायादेवी अनलाइन, लवनी ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको चौथो गाउँ सभा बसेको छ । गाउँ सभाले आव २०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँ सभाले पारित गरेको नीति, कार्यक्रममा पूर्वाधार विकासलाई बढी जोड दिइएको छ । यस्तै शिक्षा, स्वाथ्यलाई बढी जोड दिइएको गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले जानकारी दिनुभयो ।
नीति, कार्यक्रम र बजेट संगसंगै पारित गरेको शुद्धोधन गाउँपालिकाले आव २०७६÷०७७ का लागि ४१ करोड ४२ लाख १२ हजार बरारबको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद पोख्रेलले जानकारी दिनुभयो । यो बजेट सामाजिक सुरक्षा बाहेकको रहेको उहाँले बताउनुभयो । चालु आवमा गाउँपालिकाको बजेट सामाजिक सुरक्षा सहित ४० करोड थियो ।

प्रकाशित मिति : २८ असार २०७६ शनिबार ००:००  १० : ४७ बजे