५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विप्लवको बन्दको प्रभाव कुन स्थानमा कस्तो छ ? मकवानपुरमा दुई वटा गाडी जले



काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण काठमाडौँसहित देशका केही क्षेत्रको जनजीवन प्रभावित भएको छ ।विप्लव नेकपाले केन्द्रीय सदस्य तथा काठमाडौँ उत्पयका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारायण र जनकपुर (रामेछापा र दोलखा) मा बन्द बुधबार बन्द आह्वान गरेको हो । बन्दका कारण सडकमा सार्वजनिक सवारी साधान कम चलेका छन् ।माइला लामालाई प्रहरीले गएको शनिबार राति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको थियो ।
यस्तै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।
यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

आगजनीपछि कार पूर्ण रुपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले पक्राउ गर्ने क्रमलाई नरोकेको भन्दै मध्य कमाण्ड बन्दको घोषणा गरिएको विप्लव नेतृत्वको नेकपाका मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ८ : २९ बजे