५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रधानमन्त्री ओलीका आलोचक भट्टराई पर्यटनमन्त्री, आजै सपथ



काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ज्जिमा योगेश भट्टराईले पाउनु भएको छ । करिब चार महिनादेखि नेतृत्वविहीन रहेको गमन्त्रालयले भट्टराईलाई मन्त्रीका रुपमा आज भट्टराइलाई पाउने निश्चित भएको हो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले बुधबार चार बजे सपथ गर्ने मन्त्रीलाई अग्रिम शुभकामना भन्दै ट्वीट गर्नुभएको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि मन्त्री रवीन्द्रअधिकारीको निधन भएको केही समयमै प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पयर्टन मन्त्री बन्न आग्रह गरेपनि उनले अस्वीकार गरेको चर्चा चुलिएको थियो तर अहिले आएर प्रधानमन्त्री ओली उनलाई पयर्टन मन्त्री बनाउन सफल हुनुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भट्टराई कुनै बेला प्रधानमन्त्री ओलीका  आलोचक रहनुभएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ३ : ११ बजे