२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

गगनले दिए योगेशलाई दाई लेख्दै शुभकामना-तपाईंको सफलता पार्टीसँग मात्र जोडिएको छैन



काठमाडौं । 

नेपाली कांग्रेसका नेता गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई शुभकामना दिएका छन् । भट्टराईले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ खाएलगत्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले ट्विट गरेर शुभकामना दिएका हुन् ।

उनले मन्त्रीका रुपमा भट्टराईको सफलता उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग मात्र नजोडिएको बताएका छन् । उनले शुभकामना दिँदै ट्विट गरेका छन्, “दाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्।

मन्त्रीको रूपमा तपाईको सफलता तपाईं र तपाईं पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरूप्रतिको आशा र विश्वाससँग जोडिएको छ। मुरीमुरी शुभकामना ।”

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ८ : ०२ बजे