७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बैतडीमा भिरबाट लडेर एकको मृत्यु



बैतडी ।
बैतडीको पाटन नगरपालिका ६ भिटाचौपाता भन्ने भिरमा शव फेला परेको छ। मृत फेला पर्नेमा पाटन नगरपालिका ४ का ४५ वर्षीय तेजसिंह ऐरी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। मृतक ऐरीको खल्तीमा रहेको नागरिकता प्रमाणपत्रको आधारमा पहिचान भएको हो। ऐरीको भिरवाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक ऐरी शुक्रबार घरबाट फुपुको घर पाटनकै सिलंगा जान्छु भनि हिँडेका पारिवारिक श्रोतले जनाएको छ। शवलाई शनिबार बिहान घाँस काट्न गएका स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भिरमा अड्किएको अवस्थामा रहेकोले प्रहरीलाई निकाल्न समेत समस्या भएको थियो। शव पोस्टमार्टमको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७६ शनिबार ००:००  ६ : १५ बजे