४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कागतीमा आत्मनिर्भर बनाउँदै वडा नं. ७



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ ले कागतीमा आत्मनिर्भरको योजना बनाएको छ । बडाबासीलाई कागतीमा आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले चालु आवमा बजेट छुट्याएको छ । वडा भित्रका सबै घरधुरीलाई एक एक ओटा उन्नत जातका कागजी बाड्ने योजना रहेको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
कागतीका लागि निकै सम्भावना भएपनि कागतीको परनिर्भरता बढीरहेको बेला वडाले अनिवार्य घरमा कागती लगाउने कार्यक्रम अगाडी सारेको वडाध्यक्ष गिरीले बताउनुभयो । पछिल्लो समय कागतीको प्रयोग बढीरहेको सन्दर्भमा वडालाई कागतीमा आत्मनिर्भर गराउने योजना अनुसार चालु आवमा कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
वडामा आउने बजेट कम हुने र अरु विकास निर्माणमा खर्च गर्नुपर्ने भएकोले कागतीबाट कृषिमा आत्मनिर्भर गराउने योजना रहेको उहाँले सुनाउनुभयो । सुन्दा सामान्य योजना लाग्न सक्छ, तर यसले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्छ वडाध्यक्ष गिरीले मायादेवी अनलाइनसंग भन्नुभयो ।
विकास निर्माणमा नगरकै उत्कृष्ट हुँदै आएको ७ नं. वडाले यस बर्षपनि विभिन्न कार्यक्रम राखेको छ । यही भदौ ७ गते वडास्तरीय तीज गीत प्रतियोगीता आयोजना गरिएको छ । वडा स्तरीय यस प्रतियोगीतामा ८ वडा टोल विकास समितिबाट सहभागी हुने छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको वडाध्यक्ष गिरीले बताउनुभयो ।
वडाको विकास निर्माणमा आधारित शिर्षकमा प्रतियोगीता आयोजना गरिएको हो । प्रतियोगीतामा प्रथम, दृतीय र तृतीय स्थानमा आउने प्रतियोगीले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् । वडा कार्यालयले चालु आवका कार्यक्रमअरु क्रमश सञ्चालन गर्न थालेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६ शुक्रबार ००:००  ८ : २८ बजे