२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

रहिनन् अभिनेत्री सुभद्रा अधिकारी


३२ श्रावण २०७६ शनिबार ००:००  

0
Shares

काठमाडौँ ।
अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो ।
अधिकारी लामोसमयदेखि दमबाट पीडित थिइन्। उनको पार्थिव शरीर दिउँसो साढे १२ बजेसम्म डल्लुस्थित निवासमै राखिने र त्यसपछि ‍अन्त्येष्टिकागरिनेचलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए।
उनले २०७३ सालको चलचित्र दीर्घ साधाना सम्मान पाएकी थिइन्। तीन वर्षदेखि रोकिएको उक्त सम्मान अधिकारीलाई केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको थियो।
अभिनेत्री अधिकारीले विभिन्न नाटक र चलचित्रमा अभिनय गरेकी थिइन्।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  १ : ०२ बजे