९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

पानी छोएको निहुमा कुटपिट गर्ने आरोपित पक्राउ



दैलेख ।
पानी छोएको निहुमा हसिया प्रहार गरी कुटपिट गर्ने दैलेख नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले प्रक्राउ गरेको छ। उनलाई जातीय विभेद गरेको भन्दै पीडितले दिएको उजुरी आधारमा पक्राउ गरिएको प्रहरीले बताएको छ। गत बैशाख ११ गते धारामा पानी छोएको भन्दै सोही ठाउँकी लक्ष्मी कामीलाई न्यौपानेले कुटपिट गरेको भन्दै पीडितले बैशाख १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जातीय विभेदको मुद्दा दर्ता गरेका थिए।
आरोपित न्यौपाने सुर्खेतमा आफन्तको घरमा लुकी बसेको सुराकीको आधारमा दैलेखबाट गएको प्रहरीले शुक्रबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलल बताए। बयान बदल्न जनप्रतिनिधि र नेताले दबाब दिएको भन्दै उक्त घटनाले केही समयअगाडि चर्चा पाएको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  ३ : ४२ बजे