४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

बुद्धभूमिको वडा नं. ४ मा हाजिरी जवाफ प्रतियोगिता



मायादेवी अनलाइन, बुद्धभूमि । 

किशोर किशोरीहरुकोे क्षमता विकास गर्न उद्देश्यले बुद्धभूमि नगरपालिका वडा नं. ४ मोर्मा पिपलडाँडामा  हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोगमा किर्डाक नेपालबाट संचालित दिगो तथा मर्यादित आर्थिक सशक्तिकरण कार्यक्रम अन्र्तरगत उक्त कार्यक्रम गरिएको हो ।

१४ वटा संवाद केन्द्रको सहभागितामा रहेको हाजिरीजवाफ कार्यक्रममा प्रथम सुर्योदय किशोर संवाद केन्द्र, द्धितिय स्टार किशोरी संवाद केन्द्र, तृतीय  विद्याज्योति केन्द्र र सान्त्वना स्थानमा जनज्योति किशोरी संवाद केन्द्र भएका थिए ।

सो अवसरमा वोल्दै बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष पवन कुमार थारुले संवाद कार्यक्रमले किशोर तथा किशोरीको क्षमता विकास गर्न सहयोग गरेको बताए । यस्ता कार्यक्रमले स्थानीय युवाहरुमा अध्ययन गर्ने बानिको विकास हुने हुँदा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

स्थानीय संवाद समुहकी आरती थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  किर्डाक नेपालका राजेश चौधरीले किर्डाक नेपालले सन् २०१९ देखि २३ सम्म किशोरकिशोरी तथा यूवाको क्षेत्रमा शिक्षाको क्षेत्रमा आयआर्जनको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रम संचालन गर्ने बताए ।

प्रकाशित मिति : १ भाद्र २०७६ आइतबार ००:००  ८ : ३९ बजे