काठमाडौँ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान एक महिलाको कोठामा मृत फेला परेका छन् । दार्चुला घर भई महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत २६ वर्षीय प्रहरी जवान शंकर ठगुन्ना महिलाको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले कोठामा सँगै बसेकी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ति महिलासँग प्रहरी जवान ठगुन्नाको प्रेम सम्बन्ध थियो ।
प्रेमिकासित विवाद भएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेकी महिला विवाहित हुन्। तर उनका पतिले केही समय अगाडि छोडेर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी बोगटीले बताए ।
१ भदौ २०७६ आइतबार ००:००
0
Shares






प्रतिक्रिया