४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

ओदारीमा कबर्डहलको शिलन्यास, मंसिर भित्रै निमार्ण सकिने



दीपा महत, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर-११ ओदारीमा कबर्डहल बन्ने भएको छ । नगरमै पहिलो पटक ओदारीमा ५० लाखको लागतमा कबर्डहल बन्न लागेको हो । कबर्डहलको मंगलबार एक कार्यक्रमका बिच वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारु र वडा नम्बर-११ का वडा अध्यक्ष सोमनाथ अर्यालले शिलन्यास गर्नुभएको छ । कबर्डहलको शिलन्यास गर्दै नगरप्रमुख थारुले वाणगंगाका प्रत्येक वडामा कबर्डहल, खेलमैदान बनाउने नगरपालिकाको योजना रहेको बताउनुभयो ।

शिलन्यास कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका थारुले नगरमै पहिलो पटक बन्न लागेको कबर्डहलले स्वस्थ जीवनयापनमा विशेष भूमिका खेल्ने भन्दै अब अन्य वडामा पनि कबर्डहलका साथै खेल मैदान बन्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी तथा वडा नम्बर-११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडाको ओदारीमा बन्न लागेको कबर्डहलले स्थानीय युवालाई स्वस्थ राख्नमा मद्दत मिल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्य दिनमा पनि वडाले ल्याएका महत्वपूर्ण कार्यक्रमबाट वडाबासी लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा कबर्डहलको मेयर थारु र वडा अध्यक्ष अर्यालले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । शिलन्यास कार्यक्रममा टोलविकास समितीका पदाधिकारी, अगुवा, समाजसेवी नारायण खनाल, रविन गहतराज, राजेश थारु डिल्ली अर्याल लक्ष्मण कडेल, रवि काफ्ले  लगाएतको उपस्थिीती रहेको थियो ।

उपभोक्ता समितीका अध्यक्ष मनोहर कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टोल विकास संस्थाका सचिव डिल्लीराज अर्यालले गर्नुभएको हो । वडाकार्यलयका ७ लाख, टोल विकास संस्था, नगरपालिका तथा प्रदेशको आर्थिक सहयोगमा कबर्डहल बन्न लागेको हो । ५० लाख लागत लाग्ने कबडहल निर्माणको काम यहि मंसिर भित्र सम्पन्न हुने वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभएको छ ।

Image may contain: 2 people, people standing, grass, sky, child, outdoor and nature

प्रकाशित मिति : ३ भाद्र २०७६ मंगलबार ००:००  ३ : ३३ बजे