५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगा वडा नं. ७ द्धारा निशुल्क फूलका विरुवा वितरण



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्रगत वडा नं. ७ मातिपुरले १ सय १० घरपरिवारलाई फूलका विरुवा वितरण गरेको छ । आफ्नो वडालाई स्वच्छ, हराभरा र सुन्दर नमूना वडा बनाउने अभियानमा धैरेनी डाँडा टोल बिकास संस्था अन्तर्गतका १ सय १० घरपरिवारलाई निशुल्क फूलका विरुवा वितरण गरिएको हो ।
मूल सडकमा पर्ने दायाँ बायाँका घरहरुलाई अनिवार्य रुपमा फूल लगाउन कल्की जातका १—१ वटा फूलका विरुवा निःशुल्क वितरण गरिएको वडाध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
कार्यक्रम धैरेनी डाँडा टोल बिकास समितिका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षता, वडाध्यक्ष विष्णु गिरीको प्रमुख आतिथ्यता, टोल बिकास समितिका सचिव शिवा गाहाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा ८ वटै टोल बिकास संस्थाका अध्यक्ष गरी ३ सय जनाको सहभागिता रहेको थियो ।
यसैबीच नगरमा वडा नं. ७ मोतिपुर उत्कृष्ट वडाको रुपमा परिचित छ । वडालाई रमणिय, सुन्दर र बिकसित वडा निर्माण गर्न १० वटा सूचक पार गरेका सेवाग्राहीलाई टोल बिकास समितिको सिफारिसमा कार्यन्वयन गरेका २४१ जनालाई निशुल्क विद्युत मिटर उपलब्ध गराइएको छ ।
योजनाका काम समय अगावै सम्पन्न गर्नु भौतिक पुर्वाधारको संरचना निर्माण गर्दा क्षति पुगेका व्यक्तिलाई सम्मान गर्नु, नगरले सडक निर्माण गर्दा ७ मिटर कायम गर्दा वडाले ९ मिटर फराकिलो सडक कायम गरी कार्यान्वयन गर्नु, नगरबाट राष्ट्रपति चुरे संरक्षणको लागि धैरेनी डाँडा र कोइली वनगाईमा नदी नियन्त्रणका लागि वडामा ८० लाखको बजेट पार्न सफल हुनु, लोप हुन लागेको नौमति बाजाको संरक्षणको लागि दलित समुदायलाई वडाबाट नौमति बाजा उपलब्ध गराउनु, आफ्नो वडा सरसफाईमा बिशेष ध्यान दिनु जस्ता लोकप्रिय कार्यक्रम ७ नं. वडाले गर्दै आएको छ ।
सुत्केरी महिलाका लागि पोषिलो खानाका लागि १—१केजी घिऊ, मह, १—१ वटा लोकल भाले उपलब्ध गराउनु, वडामा आउने सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु, अन्य वडाका वडाध्यक्ष र जनताबाट विकास निर्माणको प्रगतीमा वडा नं. ७ को अवलोकन गर्न जानुपर्छ भनि प्रशंसा पाउनु वडाका चर्चित कामहरु हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६ बुधबार ००:००  ७ : २८ बजे