५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पक्राउ



काठमाडौँ ।
चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ परेका छन्। निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले उनी विरुद्ध किटानी जाहेर गरेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।
शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट मुलुकी अपराध सहिता ‍– २०७४ अन्तर्गत आपराधिक विश्वासघात सम्बन्धी कसुरमा दुई दिन म्याद थप भएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।

उनलाई चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेको छ। शाहीलाई अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ, उनीमाथि अनुसन्धान सुरु गरिने छ।

प्रकाशित मिति : ५ भदौ २०७६ बिहिबार ००:००  १ : ३८ बजे