८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आजदेखि बाबुराम भट्टराई सत्तापक्षमा



काठमाडौँ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष डा। बाबुराम भट्टराई संसदमा सत्ता सांसदको लाइनमा बस्न थालेका छन्।
तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपाल पार्टीबीच एकता भएर समाजवादी पार्टी बने पनि पार्टी एकीकरण प्रक्रियाले पूर्णता नपाउँदा भट्टराई विपक्षी सांसद बस्ने सिटमा बस्दै आएका थिए।
बिहीबार सभामुख कृष्णबहादुर महराले दुई पार्टीबीच एकता भएको पत्र निर्वाचन आयोगले संघीय संसदलाई पठाएको पत्र पढेर सुनाएका थिए।
तत्कालीन नयाँ शक्तिबाट भट्टराई मात्र सांसद भएकाले उनी स्वतन्त्र सांसदको रुपमा रहँदै आएका थिए। समाजवादी पार्टीबाट अर्का अध्यक्ष उपेन्द्र यादवसहित तीनजना सरकारमा सहभागी छन्। बाबुराम सत्ता पक्षतर्फ बस्न थालेपछि नेकपाका सांसद विरोध खतिवडाले बधाइ दिएका छन्।
उनले विवाहपछि महिला माइतिकै घरमा बसेको भन्दा श्रीमानसँग बसेको सुहाउने भन्दै व्यंग्य गरे।

प्रकाशित मिति : ५ भदौ २०७६ बिहिबार ००:००  २ : ५७ बजे