४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वाणगंगाको पूँजिगत बजेट ९० प्रतिशत खर्च, नेपालमै सबैभन्दा राम्रो भएको दाबी



दीपा महत, वाणगंगा । 

कपिलवस्तुको वाणगंगा नगर कार्यपालिकाको विहीबार बसेको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार हरितालिका तीजको अवसरमा नगरपालिकाको आमा समूहलाई लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण दिइने छ ।

तीन दिन सम्म सञ्चालन हुने अभिमुखीकरणमा लागु औषध दुब्र्यसनबारे जानकारी गराइने नगरका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा पूँजिगत तर्फ ९० प्रतिशत बजेट खर्च भएको र यो खर्च नेपालमै सबै भन्दा राम्रो खर्च रहेको निष्कर्ष निकालिएको  छ भने आर्थिक वर्ष ०७६÷०७७ को लागि नगरको दररेट स्विकृत गरेको छ ।

बैठकले आर्थिक वर्ष ०७५÷०७६ को बार्षिक समिक्षा भदौ १२ गते बस्ने बैठकमा गर्ने भएको छ । यसका साथै ८ वडाका बालबालिकाको लागि आवधिक तथा वार्षिक योजना स्विकृत गर्ने निर्णय पनि गरेको छ ।

नगरपालिकाका मेयर मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न बैठकले आर्थिक वर्ष २०७५÷०७६ मा योजना तथा कार्यक्रम सम्पन्न गर्नको लागि सहयोग गरेका सबै जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, राजनितीक दल,  उपभोक्ता समिती,  संचारकर्मी लगायत नगरबासीमा धन्यवाद ज्ञापन गरेको छ ।

बैठक प्रमुख प्रसासकीय अधिकृत तुल्सीराम मरासिनीको सञ्चालनमा भएको हो । बैठकमा उपप्रमुख चक्रपाणी अर्याल, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य,  विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६ बिहिबार ००:००  १० : ३७ बजे