७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राजधानीमै किशोरीमाथि सामूहिक बलात्कार



काठमाडौं ।
राजधानीमा १७ वर्षीया एक किशोरी बलात्कृत भएको खुलासा भएको छ । १७ वर्षिया ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरिएको वृतका डीएसपी रुगम कुँवरले जानकारी दिए।
‘हामीले केही व्यक्ति पक्राउ गरेका छौं, म्याद थप नभएसम्म उनीहरुबारे केही सकिन्न’, उनले भने। कलंकीस्थित एक गेस्टहाउसमा लगेर आरोपीहरुले ती किशोरीलाई बलात्कार गरेको पीडित पक्षले जारेही दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान थालिसकेको कुँवरले जानकारी दिए।
पीडित किशोरीले प्रहरी समक्ष आफू फरक फरक व्यक्तिहरुबाट दुई पटक सामूहिक बलात्कारमा परेको बताएकी छन्।

प्रकाशित मिति : १२ भदौ २०७६ बिहिबार ००:००  ३ : ५९ बजे