३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

कांग्रेस सभापति देउवा र पर्यटन मन्त्री बिच भेट, भ्रमण वर्ष सफल बनाउने विषयमा छलफल



काठमाण्डौ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गर्नु भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति देउवालाई भेट्न मन्त्री भट्टराई शनिबार बिहान उहाँकै निवास बुढानीलकण्ठ पुग्नुभएको थियो ।

भेटमा मन्त्रालयले गरिरहेको काम र केही दिन पहिले सार्वजनिक गरेको वार्षिक कार्यक्रमका विषयमा उहाँसँग आफूले कुराकानी गरेको मन्त्री भट्टराईले बताउनुभयो ।

मन्त्रालयका काम र भ्रमण वर्ष २०२० लाई अझ बढी प्रभावकारी बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेकाले प्रमुख प्रतिपक्षी दलको सुझाव समेट्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

आफूले राखेको कुराहरु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अभिरुचिका साथ सुन्नुभएको र महत्वपूर्ण सल्लाह र सुझाव पनि दिनुभएको मन्त्री भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०७६ शनिबार ००:००  १ : १८ बजे