३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

वातावरण संरक्षणको लागि रोटरी कपिलवस्तुद्धारा वृक्षरोपण



मायादेवी अनलाइन, कपिलवस्तु ।
रोटरी क्लव अफ कपिलवस्तु मिडटाउनले शनिबार वृक्षरोपण सम्पन्न गरेको छ । बाणगंगा ४ जितपुरस्थित कपिलवस्तु सामुदायिक अस्पत्ताल र हाइवे आसपासका क्षेत्रमा बिभिन्न प्रजातिका विरुवा रोपिएको हो । रोटरीका अध्यक्ष वीरेन्द्र खाँणको अध्यक्षता, बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्य र कपिलवस्तु सामुदायिक अस्पत्तालका वरिष्ठ उपाध्यक्ष हरि गैरेको विशिष्ट आतिथ्यमा करिब ३ दर्जन विरुवा रोपिएको छ । संस्थाका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार २७ अशोक, रक्त चन्दन १, सेतो चन्दन १, नीम २ र अमलाका २ वटा विरुवा रोपिएको छ । कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले रोटरीले संचालन गर्ने सामाजिक कार्यहरु सबै अनुकरणीय भएको बताउनु भयो । अस्पत्तालजस्तो अति संवेदनशिल क्षेत्रमा वृक्षरोपण गरी संस्थाले धेरै राम्रो काम गरेको उहाँको भनाई छ ।
विशिष्ट अतिथि गैरेले आफ्नो अस्पताल परिसरमा रोटरीले वृक्षरोपण गरी राम्रो काम गरेको बताउनु भयो । अध्यक्ष वीरेन्द्र खाँणले पर्यावरणको संरक्षण गरी सौन्दर्यता कायम गर्न टेवा पुगोस् भन्ने उदेश्यले संस्थाको बार्षिक कार्यक्रम अनुसार वृक्षरोपण गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा थप सामाजिक कार्यहरु गर्ने लक्ष्य भएको बताउनु भएको छ । कार्यक्रममा चार्टर प्रेसिडेन्ट बासुदेव घिमिरे, रोट्र्याक्टका प्रेसिडेन्ट गणेश क्षेत्री र इन्ट्र्याक्ट होराइजनका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । रोटरीले स्थापना कालदेखि नै बिभिन्न समय र सन्दर्भ पारेर जिल्लामा धेरै सामाजिक कार्यहरु गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६ शनिबार ००:००  ४ : ०७ बजे