७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राजा फाल्न जब रअ कस्सियो…



काठमाडौं ।
भारतीय गुप्तचर संस्था रअका पूर्वविशेष निर्देशक अमर भुषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न माओवादीभन्दा भारतलाई हतार थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मनाउन भुषणलाई निकै हम्मे परेको थियो । दाहाल भारतीय गुप्तचारसँग मिलेर गणतन्त्रको मिसनमा लाग्न इच्छुक थिएनन् ।
भूषणको पुस्तक ‘इन्साइड नेपाल’ मा दाहालसँगको पहिलो भेटमा आफूले भनेको यसरी व्यक्त गरेका छन्, ‘म वास्तवमा नेपालबाट राजा फ्याँक्ने काममा तपाईंको मद्दत माग्न आएको हुँ ।’
आश्चर्य मान्दै दाहाल सोध्छन्, ‘किन ?’
सत्य घटनामा आधारित भने पनि पुस्तकका पात्र नाम परिवर्तित छन् । घटनार परिस्थित हेरेर भने तिनलाई अनुमान लगाउन सकिन्छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : १८ भदौ २०७६ बुधबार ००:००  ८ : २१ बजे