१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ



अछाम ।
किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा अछामममा एक जना पक्राउ परेका छन् ।
तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विक पक्राउ परेका हुन् ।
१६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेको अछाम जिल्ला प्रहरीले जनाएको छ । गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।

प्रकाशित मिति : १८ भदौ २०७६ बुधबार ००:००  १२ : ३३ बजे