५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिवराजका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको बिदाई



दिपक खड्का, चन्द्रौटा । 

व्यापार संघ कपिलवस्तुले एक कार्यक्रम बीच शिवराज नगरपालिकामा २९ महिना प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्नु भएका शेषकान्त पौडेललाई बिदाई गरेको छ ।

स्थानीय तहको चुनाव अघि शिवराज नगरपालिकामा कार्यकारी अधिकृतका रुपमा आउनुभएका पौडेल चुनाव पछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

चुनाव ताका शिवराज नगरपालिकामा मतदान अधिकृत भएर उहाँले गर्नुभएको कामलाई चन्द्रौटा क्षेत्रका सरोकारवालाले प्रशंसा गर्ने गरेका छन् ।

कपिलवस्तुका १० स्थानीय तह मध्ये शिवराज नगरपालिका प्रशासनमा उत्कृष्ट भएको मानव अधिकार प्रतिष्ठान कपिवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाको दाबी छ । त्यो श्रेय पौडेललाई जाने खतिवडाले बताउनुभयो ।

बिदाई कार्यक्रम व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा भएको थियो । पौडेलले शिवराज नगरपालिका भन्दा पहिला नै जिल्ला प्रशासन कार्यालय तौलिहवामा अधिकृतको रुपबाट पनि सेवा दिइसक्नुभएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६ सोमबार ००:००  ५ : २६ बजे