२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

बाणगंगा माविमा जीवविज्ञान प्रदर्शनी



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा मावि गजेहडाले राष्ट्रिय विज्ञान दिवस मनाएको छ । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । विज्ञान प्रविधी र नवप्रर्वतन ; सामाजिक आर्थिक रुपान्तरण भन्ने नाराका साथ मनाइएको दिवसमा विद्यार्थी निर्मित जीव विज्ञानका बिभिन्न चित्रहरु, नमुना, जीव जनावर र वनस्पतीका स्पेसीम्यान र सुक्ष्म दर्शक यन्त्रबाट कोष एवम् जीवहरुको सुक्ष्म अवलोकन गरिएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, श्रोत व्यक्ति कविराज भण्डारीले स्थलगत अवलोकन गर्नुभएको थियो । अवलोकन पछि प्रमुख अतिथि भट्राइले विज्ञान प्रदर्शनीले विद्यार्थीहरुमा विज्ञान बिषयप्रति आकर्षण बढाउनुको साथै सिकाई दिगो हुने बताउँदै कार्यक्रमको निरन्तरताको लागि सुझाव दिनुभयो । श्रोत व्यक्ति भण्डारीले बाणगंगा माविले बिविध कार्यक्रम गर्दै आएकोमा प्रसंसा गर्दै यी कार्यक्रमहरुले विद्यार्थीमा सिर्जनशिलता बढ्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारीले विज्ञान विषय अन्तर्गत जीव विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका प्रदर्शनीहरु यस बर्ष संचालन गर्ने कार्ययोजना रहेको जानकारी गराउनु भयो । उक्त कार्यक्रम विज्ञान शिक्षक छवि घिमिरे, माधव घिमिरेको सहयोग र कक्षा १० का विद्यार्थीहरुके सहजिकरणमा संचालन भएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  ७ : ३० बजे