४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बाणगंगाको वडा नम्बर ९ भलवाडमा वडा स्तरीय बाल सञ्जाल गठन



बाबुराम रायमाझी, भलवाड ।

बाणगंगा नगरपालिकालाई आगामी २०७७ साल असोज मसान्त सम्ममा बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम अनुसार वडा न.९ ले पनि बालमैत्री घोषणा कार्यक्रमलाई तिब्रता दिएको छ । जस अनुसार वडा न.९ मा बसेको बालबालिकाको भेलाबाट बबिता बि.क.को अध्यक्षतामा २ सदस्य पछि पदपूर्ति गर्ने गरी १७ सदस्ययी कपिलगङ्गा बाणगंगा ९ भलवाड बाल सञ्जाल गठन गरेको छ । जसको उपाध्यक्षमा सरोज पाण्डे, सचिवमा मनिष गिरी, सह—सचिवमा शर्मिला वेल्वासे, कोषाध्यक्षमा रञ्जिता पन्थ चयन भएका छन् भने लबिस गिरी, विश्व भुसाल लगायत अन्य सदस्यमा रहेका छन् ।
साथै नगर स्तरीय बाल सञ्जालको लागि वडाबाट ५ जनाको नाम छनौट गरी पठाउने निर्णय गरको छ । कार्यक्रमको विषयवस्तुमाथि वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासले प्रकाश पार्दै यस नव गठीत बाल सञ्जालले वडा न.९ मा बालबालिका सम्वन्धी हुने बालश्रम, बालबिबाह, लागु पदार्थ दुव्र्यशनी जस्ता गलत संस्कारको बारेमा सचेतना, र्याली र यसको न्युनिकरणमा खबरदारी गर्ने बताउनुभयो । उहाले आफूले पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
त्यस्तै भलवाड स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ड चोपकान्त न्यौपानेले बालमैत्री वडा घोषणाका लागि धेरै स्वास्थ्य सम्वन्धी सूचक पुरा गर्नु भएको हुँदा सम्पूर्ण बालबालिकाले पूर्ण खोप लगाएको हुनुपर्ने, पूर्ण स्तनपान गराएको हुनुपर्ने, स्वास्थ्यकर्मीसंग नियमित जाँच गराएको हुनुपर्ने आदी जस्ता स्वास्थ्यका कुरामा जानकारी गराउनु भएको थियो । वडा सचिव सन्तोष कुमार बैठा, सञ्चारकर्मी बाबुराम रायमाझीले शुभ कामना दिनु भएको थियो । कार्यक्रममा ९ वटै टोलका बालक्लव,सामुदायिक र संस्थागत बिधालयका बालक्लवहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  ७ : ३९ बजे