४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

शिवराज नगरपालिका २ मा डेङगु रोग सम्बन्धी अन्तरक्रिया



दिपक खड्का, चन्द्रौटा ।
कपलिवस्तुको शिवराज नगरपालिका वडा न २ मा डेड्गु रोग बारे अन्तरक्रिया सम्पन्न भएको छ । संबिधान दिवसको अवसरमा कार्यक्रम गरिएको हो । अन्तरक्रियामा बोल्दै शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर क्षेत्रीले अहिले यो रोग नेपालको विभिन्न जिल्लमा महामारीको रुपमा देखा परेको बताउनुभयो ।
कार्यव्रmमका अध्यक्ष शिवराज नगरपालिका वडा न २ का अध्यक्ष राम बहादुर थारुले डेङ्गु फैलिन नदिन जथाभावी फालिएका प्लाष्टिकका डिब्बाहरु खाली बोतललाई पानी नपर्ने स्थानमा राख्न अनुरोध गर्नुभयो ।
कार्यव्रmम शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको प्रमुख आतिथ्यिता शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालको विशिष्ट आतिथ्यिता र वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाको अतिथ्यिता रहेको कार्यव्रmमको संचालन धनिश्वर सुवेदी र स्वागत मन्तव्य प्रभु थारुल गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ७ : ३९ बजे