५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगामा रहेको ‘उप्टहवा’ गाउँको नाम परिवर्तन गर्ने निर्णय



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगर कार्यपालिकाको बैठकले नगरमा रहेको परिचित उप्टहवा गाउँको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको नगर कार्यपालिकाको बैठकले उप्टहवा गाउँको नाम परिवर्तन गर्ने निर्णय गरेको नगरका प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलका अनुसार अब देखि उप्टहवा गाउँ उत्तमनगरमा रुपान्तरण भएको छ । उप्टहवा गाउँ वडा नं. १ मा पर्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ७ : ४८ बजे