५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

खुतखुते सामुदायिक वनद्धारा वनमारा झार निर्मूल अभियान तिव्र



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगामा रहेको खुतखुते सामुदायिक वनले बनमा रहेका बनमारा झारलाई निर्मूल पार्ने अभियान तिव्र पारेको छ ।

बाणगंगा ९ मा रहेको खुतखते सामुदायिक वन उपभोक्ता समूह भर्लावास, उत्तमनगर टोलको आयोजनामा वनको क्षेत्रमा रहेको बनमारा झारलाई निर्मूल पार्न अभियान अनुरुप गोडमेल गर्ने काम सम्पन्न गरेको हो । अभियान निरन्तर रुपमा भइरहने समूहका अध्यक्ष भिम बहादुर पुनले बताएका छन् ।

यस सामुदायिक वन २५३ दशदलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने यसमा २ सय जना वन उपभोक्ता आवद्ध रहेका छन् । जिल्लामा सामुदायिक वनमा उत्कृष्ट कार्य गरेवापत डिभिजन वन कार्यालय कपिलवस्तुबाट समय-समयमा पुरस्कृत हुँदै आएको अध्यक्ष पुनले बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ७ : २४ बजे