१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अस्ट्रेलिया जान थप सकसःनेपाल लेभल तिनमा घटुवा, के हो लेभल तिन ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अस्ट्रेलियामा नेपालको लेभल घटेको छ । अस्ट्रेलियाको गृह मामिला हेर्ने डिपार्टमेन्ट अफ होम अफेयर्सले नेपाल लेभल– २ बाट ३ मा झरेको जानकारी गराएको छ । सो अफेयर्सले तोक्ने लेभल अनुसार नेपाल बढ्नु पर्नेमा घटेको छ । अस्ट्रेलियाले सन् २०१४ बाट प्रत्येक देशको लेभल तोक्दै आएको छ । नेपाल सुरुमै लेभल २ मा परेको थियो । त्यस अनुसार अहिले नेपाल लेभल १ मा उक्लनुपर्ने मा उल्टै १ स्थान गिरेर तेस्रोमा झरेको छ ।

लेभल तिनमा पुगे पछि नेपाली विद्यार्थीलाई थप झण्झट ब्यहोर्नु पर्ने छ । लेभल १ र २ मा पैसा तिरेको भरमा सामान्य प्रक्रियामा भिसा आवेदन गर्ने चलन थियो । अस्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा आवेदन गर्दा पहिले अस्ट्रेलियन हाई कमिसनमा फाइनान्सियल डकुमेन्ट पेश गर्नु पर्दैनथ्यो ।लेभल ३ मा पुगेपछि अब शैक्षिक संस्थामा आवेदन दिँदा फाइनान्सियल डकुमेन्ट पेश गर्नुपर्छ । यस्तो प्रक्रिया पूरा गर्नुपरेपछि अस्ट्रेलिया जान केही अप्ठेरो हुनेछ ।

नेपाल तीनमा झर्नुको मुख्य कारणमा भिसा रिजेक्ट धेरै हुनु, अस्ट्रेलिया सरकारको नीति नियम पालना नगर्नु, विद्यार्थीले कलेज र कोर्स परिवर्तन गरिरहनु, विद्यार्थीको पढाइ राम्रो नहुनु, पढाइभन्दा कामलाई प्राथमिकता दिनू, भिसाको दुरुपयोग गर्नू इत्यादी रहेका छन् । यस्तै कलेजले विद्यार्थीलाई निकालेको आंकडा धेरै हुनु, आर्थिक स्थिति र भाषाको अवस्थाराम्रो नहुनु, तोकिएभन्दा कम योग्यताका विद्यार्थीले आवेदन दिनु, नक्कली कागजात पेश गर्नू र भिजिट भिसामा गएर उतै बस्नू रहेका छन् ।

यी र यस्ता कारणबाट नेपाल लेभल तिनमा झरेको हो । नेपाल लेभल– ३ मा झरे पनि भिसा लागेर त्यहाँ पुगेका विद्यार्थीलाई खासै असर पर्दैन । तर, भिसा थप गर्ने विद्यार्थीका लागि नयाँ नियम लागू हुने छ । यस्तै नयाँ नीति लागू भएसँगै भिसामा कडाइ हुनेछ । यो हिसाबले १५ हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेकामा अब स्वतहः घट्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ९ : ४४ बजे