२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बुद्धभुमि ४ बुड्ढीमा डेंगु रोग सम्बन्धी अभिमुखीकरण



सिर्जना पौडेल, कपिलबस्तु ।

कपिलबस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर ४ बुड्ढी मा डेंगु रोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्री सुर्य बहुउद्येशीय सहकारी संस्था बुड्ढी को आयोजनामा भृकुटी मा.वि को सभाहलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा डेगीं बाट सुरक्षित रहन र यसबाट बच्न अपनाउनु पर्ने उपायका बारे जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य माला गोतामेले सहकारी संस्था निरन्तर लागिरहने संस्थाले स्थापना काल देखि नै सामाजिक क्रियाकलापमा उल्लेखनीय काम गर्दे आएको बताउनुभएको छ । प्रदेश सरकार बाट आफुसक्दो सहकार्य गर्नै उहाको प्रतिबद्धता छ । साथै प्रदेश सरकारबाट चाहने सम्पूर्ण कार्यमा सधै लागिपर्ने पनि बताउनुभएको छ ।

कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष विष्णु कुमार के.सीको अध्यक्षता, प्रदेश सभा सदस्य माला गोतामेको प्रमुख आतिथ्यता, वडा अध्यक्ष पवन कुमार थारुको विशिष्ट आतिथ्यता मा भएको हो । कार्यक्रममा १ दर्जन बढि स्थानिय संघ संस्थाहरुका गरी १५० भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रममा उपसमिति संयोजक गोकर्ण अर्यालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम शिक्षा समिति संयोजक हरी प्रसाद मरासिनीको स्वागत मन्तव्य तथा शिक्षा समिति सदस्य नन्दराम सापकोटाको संचालनमा भएको संस्थाका व्यवस्थापक लेखनाथ खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७६ आइतबार ००:००  ६ : १२ बजे