२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

दशैको दोस्रो दिन, माता ब्रम्हचारिणीको पूजा गरिदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
हिन्दु धर्मालम्बी नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदैछ । नवदुर्गा भवानीको पूजा गर्ने गर्नेमा आज दशैंको दोश्रो दिन माता ब्रम्हचारिणीको पूजा गर्ने चलन छ । पूजाआजका लागि विहानैदेखि नजिकका शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

बिभिन्न नदी, ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको हो । बिभिन्न ठाउँमा रहेका बिभिन्न देवी देवता तथा शक्तिपिठहरुका मन्दिरमा गई पुजाआजा गरिदै छ । नवरात्रको अवधि भर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र गरि ब्रत बस्ने प्रचलन पनि छ ।

नवरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हूने र मागेको कुरा पुरा हुने जनविश्वास छ । हिजोबाट नेपाली हिन्दुहरुको घरमा दशैँ औपचारिक रुपमा भित्रिएको हो । दशैँँ भित्रिएसंगै देशभर चहल पहल बढेको छ । काम या पढाइका शिलशिलामा घर बाहिर भएका सम्पूर्ण व्यक्तिहरु प्नि घर फर्कन थाल्दा सुनसा नबनेका गाउघरहरुमा रमाइलो हुन थालेको छ । पीङहरु बन्न थालेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ६ : ३८ बजे