२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

ठाकुरापुरमा कारले ट्याक्टरलाई ठक्कर दिँदा २ जना घाइते



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिकामा वडा नम्बर ४ स्थित ठाकुरापुरमा कार र ट्याक्टर दुर्घटना हुँदा २ जन घाइते भएका छन् । चार नम्बरबाट गजेहडातर्फ जाँदै गरेको ट्याक्टरलाई समान दिसाबाट गुडिरहेको बा २० च ७५०८ कारले ठक्कर दिँदा २ जना घाइते भएका हुन् । यसरी घाइते हुनेमा कारका चालक बाणगंगा जितपुर निवासी मान बहादुर नेपाली र सिउटी निवासी ट्याक्टर चालक दिपक चौधरी रहेका छन् । चौधरीको टाउकोमा चोट लागेको छ भने नेपालीलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । कपिलवस्तु सामुदायिक अस्पत्तालमा सामान्य उपचारपछि उनीहरुलाई बुटवल रिफर गरिएको छ । ट्रयाक्टरको भने नम्बर खुलेको छैन ।कार चालकको असावधानी र लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।कारको अगाडीको भाग सबै फुटेको छ । ट्याक्टर पनि ओभर लोडमा रहेका कारण कारको ठक्करपछि नियन्त्रण बाहिर गएर सडकको बायाँ छेउमा उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । ट्याक्टरमा लोड भएका सामानहरु केही सडकमा खसेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  १० : ०१ बजे