८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हिमाल जाने क्रममा थाइल्यान्डका नागरिकको मृत्यु



पोखरा ।
मर्दी हिमाल जाने क्रममा लेक लागि एक जना थाइल्यान्डका नागरिकको मृत्यु भएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ७ बादलडाँडास्थित ‘होटल ३६०’मा ५५ वर्षीय दुवाङताविसुब सोमचाइ नाम गरेका थाइल्यान्डका नागरिकको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।
भ्रमण टोली सहित असोज १० गते मर्दी बेस क्याम्पबाट मर्दी हिमालतर्फ जादैँ गर्दा लेक लागि बिरामी भएका उनी सोही दिन बाटो बाटै फिर्ता भई उक्त होटलमा बसेका थिए।
उनी १४ गते मंगलबार बिहान मृत अवस्थामा रहेका बेला प्रहरीलाई खबर आएको थियो।
मंगलबार मौसम खराब भएका कारण शव बुधबार आज मात्रै काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७६ बुधबार ००:००  ५ : ०५ बजे