४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

वाणगंगामा सञ्चालित भान्सामै औषधालय तालिम सकियो



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगामा सञ्चालित माटो र आमाको स्वास्थ्य सुधारबाट भान्सामै औषधालय तालिम विहीबारबाट सकिएको छ । नगरपालिकाको आयोजनामा जितपुरमा गत असोज १० गतेबाट संचालित तालिमको विहीबार समापन गरिएको हो ।

कार्यक्रममा प्रत्येक वडाबाट ३ जना गरी ३३ जनाको सहभागिता रहेको थियो । विषादीको प्रयोग नगर्ने र अर्गानिक उत्पादनमा जोड दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । समापन कार्यक्रम मेयर मंगलप्रसाद थारुको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा उपमेयर चक्र अर्याल, नगरपालिकाका कर्मचारी, वडा अध्यक्ष तथ सदस्य, जनप्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा वस्तु तथा सेवा उपभोक्ता संरक्षण  महासंघका रोमलाल गिरी र गीता रावतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट कमला पौडेल र धना पौडेलले तालिममा सिकेको कुरा सुनाउनुभएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७६ शुक्रबार ००:००  ६ : १५ बजे