गुलाम अली, तौलिहवा ।
कपिलवस्तुको तौलिहवामा अवस्थित नेपाल नेत्रज्योती संघमा सदस्यता खोल्न माग राख्दै शुक्रबार एक समूहले ज्ञापन पत्र पेश गरेको छ ।
संघमा सदस्यता खोल्नका लागि सञ्चालक समितिले वेवास्था गरेको भन्दै तौलिहवाका केही समाजसेवीले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा कपिलबस्तुको १५ गते बसेको बैठकले असोज १६ गतेसम्म सदस्यता खुल्ला गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई गुपचुप राखिएको र कुनै सञ्चार माध्यममा प्रकाशित नगरिएको ज्ञापन पत्र पेशकर्ताको भनाई छ ।
सदस्यता विस्तार गर्ने निर्णय अबैधानिक भएको, आफ्नो मान्छेहरुलाई एकलौटी ढंगबाट सदस्यता दिएको र १२५ जनालाई मात्र सदस्यता दिने समितिले गरेको निर्णय बदरको माग ज्ञापन पत्र मार्फत गरिएको छ ।
ज्ञापन पत्र काली पद शर्मा, दीपक पाण्डेय, सन्दीप पाण्डेय मो. इरफान रजा मुसलमान उदय अग्रहरी लगायतका नेताहरुले दिनुभएको हो । संघले तौलिहवामा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ ।
१७ आश्विन २०७६ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया