२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

विद्यार्थी पूर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



सिर्जना पौडेल, कपिलबस्तु ।

कपिलबस्तुको बाणगंगा ८ चप्परगाउँमा रहेको सूर्याेदय आधारभुत विद्यालयमा विद्यार्थी पूर्नमिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पूर्व शिक्षक विद्यार्थी पूर्नमिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम पूर्व विद्यार्थी पूर्नमिलन समिति कृष्ण अधिकारीको अध्यक्षता,समाजसेवी नाथुराम थारुको प्रमुख आतिथ्यता ,त्यसैगरी शिक्षक व्यवस्थापन समिति डोर प्रसाद न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मराज भट्टराई, टोल सुधार समितिका अध्यक्ष विष्णु प्रसाद पन्थी ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद सापकोटा, पूर्व विद्यार्थी उद्धव पौडेल लगायत पूर्व तथा वर्तमान शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले आउदै गरेको महान चाड विजया दशमी, शुभ दिपावली छठ पर्वको शुभकामना दिदै कार्यक्रम आयोजना गरेकोमा खुसी ब्यक्त गरेका थिए । कार्यक्रम ३२ बर्षपछि पहिलो पटक भएको हो । पूर्व विद्यार्थी केशवराज खनालको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी गरिना बेल्बासेले गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  २ : २५ बजे