काठमाडौं ।
बलिउड अभिनेत्री नौहीद सेरुसीको नयाँ तस्वीरहरू सार्वजनिक भएको छ । सन् २००० मा म्यूजिक भिडियो ‘पिया बसन्ती रे’ बाट उनले चर्चा कमाएकी थिइन् । १९ वर्षपछि पनि उनी उत्तीकै सुन्दर देखिएकी छिन् ।
यो गीतको म्यूजिक तथा लिरिक्स निकै नै चर्चित भएको थियो । साथमा आफ्नो सुन्दर चेहराका कारण नौहीद पनि चर्चित बनेकी थिइन् । गीतमा उस्ताद सुल्तान र केएस चित्राले आवाज दिएका थिए ।
सन् २००३ मा सुपारी चलचित्रबाट नौहीदले बलिउडमा डेब्यू गरेकी थिइन् । यसमा अभिनेता उदय चोपडासँग उनले स्क्रिन शेयर गरेकी थिइन् ।
उनले केही तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जुन तस्वीरहरू निकै भाइरल भइरहेको छ ।
प्रतिक्रिया