५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु नगरपालिकाले बाड्यो जनप्रतिनिधिलाई दशैंभत्ता, उप मेयर गुप्ताको विरोध



मायादेवी अनलाइन, तौलिहवा ।
बेला बेला जनविरोधी काम गरेरै चर्चामा आउने कपिलवस्तु नगरपालिका फेरी दशैंको मुखमा चर्चामा आएको छ । नेपालकै सबैभन्दा पुरानो नगरपालिकाको रुपमा नाम लेखाउन सफल यो नगरपालिका विकासको दृष्टिकोणमा सबैभन्दा पछाडि छ । विकासको तुलना गर्दा जिल्लाका गाउँपालिका भन्दा पनि कपिलवस्तु नगरपालिका पछाडि छ । तर, यहि नगरपालिका भित्र जिल्लाको सदरमुकाम छ ।
जनताको विकास गर्ने बाचा गरेर आएका जनप्रतिनिधि तलबभत्तामा लिप्त हुन थालेका छन् । यसैको पछिल्लो उदाहरण हो जनप्रतिनिधिलाई दशैंको मुखमा लाखौंको दशैंभत्ता बाड्नु । यो विषय अहिले सामाजिक सञ्जालमा भाइरल जस्तै बनेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्यले हस्ताक्षर गरेर जनप्रतिनिधिलाई दशैंभत्ता दिनु भन्दै तौलिहवाको एक बैंकलाई पत्र काटेको चिठ्ठि भाइरल भएको हो । यस चिठ्ठीमा सबै जनप्रतिनिधिको नाम छैन् । तर, अधिकांश जनप्रतिनिधिको नाम उल्लेख छ ।

No photo description available.
नगर प्रमुख किरण सिंह लगायतका केही वडाध्यक्षको चिठ्ठीमा नाम नहुनु आफैमा रहस्मय छ । कि नगर प्रमुख लगायतका वडाध्यक्षले दशैंभत्ता लिएनन् अथवा अरु बाटो अपनाएर लिए यो विषय गुपचुप जस्तै छ । यो विषयमा बुज्न खोज्दा नगर प्रमुखको फोनमा सम्पर्क हुन सकेन् ।
यद्यपि नगरपालिकाका नगर प्रमुख किरण सिंहले एकलौटी गरेको भन्दै विरोध गर्दै आउनुभएकी नगर उप प्रमुख लक्ष्मी गुप्ताको नाम दशैंभत्ता लिनेको पहिलो नम्बरमा उल्लेख छ । उप प्रमुख गुप्ता सहितका १८ जना जनप्रतिनिधिलाई दशैंभत्ता दिनु भन्दै प्रमुख प्रशासकीय अधिकृत आचार्यले बैंकलाई पत्र पठाएका छन् ।
नगर उप प्रमुख गुप्ताले जनप्रतिनिधिलाई दशैंभत्ता दिने विषयको विरोध गर्नुभएको छ । यो विषयमा आपत्ति जनाउदै उहाँले दशैं भत्ता नलिने बताउनुएको छ । आफुले कार्यपालिकाको बैठकमा दशैंभत्ता लिने विषयमा विरोध गरेको बताउँदै दशैं भत्ता दशैं पछि फिर्ता गर्ने बताउनुभएको हो ।

Image may contain: text

प्रकाशित मिति : १९ आश्विन २०७६ आइतबार ००:००  ४ : २७ बजे