१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मायादेवी विश्लेषणः आज आयरल्याण्डलाई हराउन पारस, सन्दिप र करन चम्किनु पर्दछ



मायादेवी अनलाइन, कपिलवस्तु ।

पाँच देश सम्मिलित टी२० क्रिकेटमा नेपालले आज बुधबार आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार बिहान सवा एघार बजे सुरु हुने खेलमा नेपाललाई आयरल्याण्डसामु जित निकाल्न कठिन हुने देखिए पनि नेपालले जित हासिल गर्नेमा धेरै आशाबादी छन् । किनकि आयरल्याण्ड ओमानसंग हारिसकेको छ भने नेपालले ओमानलाई कैयौँपटक हराइसकेको छ । आफ्नो पहिलो खेलमा हङ्कङलाई र दोश्रो खेलमा नेदल्याण्ड्सलाई समान चार विकेटले हराएको नेपालले आज टेष्ट मान्यता प्राप्त टोली आयरल्याण्डसँग पनि जित हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने छ । किनकि कप्तान पारस खड्का,लेग स्पिनर सन्दिप लामिछाने र करन केसी राम्रो लयमा छन् । सन्दिपको बलिङ अनि पारस र करनको अलराण्ड प्रदर्शन पुरानै लयमा फर्कने हो भने नेपालले आयरल्याण्डलाई सजिलै हराउन सक्छ ।

टेष्ट वरीयताको १२औंँ र एक दिवसीय वरीयताको ११ औंँ स्थानमा रहेको आयरल्याण्ड टी २० को वरीयतामा भने नेपालभन्दा पछाडि छ । नेपाल र आयरल्याण्डले टी(२० क्रिकेटमा यसअघि एकपटक मात्र खेलेका छन् ।सन् २०१५ मा भएको त्यो खेलमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

एसोसियट देशहरुमा नेपाल सबैभन्दा अघि छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल छन् ।टी(ट्वेण्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । एक दिवसीय वरियतामा नेपाल १७औंँ स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६ बुधबार ००:००  ७ : ४५ बजे