२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कावासोतीमा ठोक्किए बस र बोलेरो, एक जनाको मृत्यु, ९ जना घाइते



नवलपरासी ।

नवलपरासीमा बस र बोलेरो जीप एकआपसमा ठोक्किएका छन् । कावासोती–१६ डण्डामा बुधबार राति बस र बोलेरो जीप एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । अन्य ९ जना घाइते भएका छन् ।

काठमाण्डौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको केरा लोड भएको बोलेरो जीप एक आपसमा ठोक्किँदा बोलेरो जीप चालक नवलपरासी पश्चिम जमुनिया  घर भएका २४ वर्षीय  बलियार सुनारको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताउनुभयो ।

दुर्घटनामा बोलेरोमा सवार एक जना र बसमा सवार ८ जना गरी ९ जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ८ : ५८ बजे