७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आमाले रिपोर्टिङ्ग गर्दागर्दै छोरा टेलिभिजनमा देखिए‘



एजेन्सी ।
अमेरिकाकी एक पत्रकार हाल चर्चामा छिन्। उनको चर्चाको कारण उनको कर्मसँगै मातृत्व बनेको छ। अमेरिकी टेलिभिजन नेटवर्ककी संवाददाता कोर्टनी क्युबले टेलिभिजनमा प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेकी थिइन्। त्यहि क्रममा उनका छोरा पनि टेलिभिजनमा देखिए।
टर्कीले सिरियाली सीमा क्षेत्रमा गरेको सैन्य कारवाहीका सम्बन्धमा क्युबले बुधबार बिहान एमएसएनबिसीको समाचार बुलेटिनमा रिपोर्टिङ्ग गरिरहेकी थिइन्। त्यहि बेला उनका छोरा खेल्दै आएका हुन्।
उनले रिपोर्टिङ्ग गर्दै छोरालाई क्यामराबाट हटाउन प्रयास गरिन् तर सकिनन्। त्यसपछि आफ्नो सन्तान टेलिभिजनमा देखिएको बताउँदै रिपोर्टिङ्गलाई निरन्तरता दिइन्। क्युबले सन्तानलाई आफ्नो कार्यस्थलमा लगेको र त्यसका लागि स्वीकृति दिएकोमा एमएसएनबिसीको धेरैले स्वागत गरेका छन्।

 

प्रकाशित मिति : २३ आश्विन २०७६ बिहिबार ००:००  ६ : २८ बजे