७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

बलिउडका सुपरस्टार अभिताभले मनाए ७६ औं जन्मोत्सव



मुम्बई ।
बलिउडका सुपरस्टार अभिनेता अभिताभ बच्चन शुक्रबार आफ्नो ७६ औं जन्मोत्सव मनाएका छन् । सन् १९४२ अक्टोबर ११ मा भारतको अलाहाबादमा जन्मेका बच्चन आफ्नो अभिनय क्षमताका कारण चर्चित छन् ।

अभिनय यात्राको सुरुआती दिनमा उनले लगातार १२ भन्दा बढी फ्लप सिनेमा दिएका थिए । यसले गर्दा उनले चलचित्र छाड्ने मनस्थिति पनि बनाएका थिए ।

सन् १९७२(७३ तिर उनले अभिनय गरेको ‘बम्बे टु गोवा’, ‘आनन्द’ र ‘जञ्जिर’ फिल्मको सफलताले उनलाई बलिउडको सुपरस्टार बनायो । ‘कौन बनेका करोडपति’ कार्यक्रमले पनि उनलाई थप चर्चामा ल्याएको छ ।

उनका पिता हरिवंश राय बच्चन पनि हिन्दी साहित्यका चर्चित कवि हुन् । वीरगन्जकी एसिडपीडित मुस्कान खातुनलाई अभिनेता बच्चनले हालै शीघ्र स्वास्थ लाभको कामना गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ९ : ०३ बजे