२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

सी काठमाडौं उत्रन अब केही समय मात्रै बाँकी, राष्ट्रपति भण्डारीले स्वागत गर्ने



मायादेवी अनलाइन,काठमाडौँ चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउन अब केही घण्टा मात्रै बााकी छ । नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएका सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा पहिले पहिलो स्वागत गर्नुहुने छ । त्यसपछि मात्र प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले चिनियाँ राष्ट्रपतिसंग विमानस्थलमा भेट गरी स्वागत गर्ने छन् ।
राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गर्ने र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर)अर्पण गर्ने कार्यक्रम छ । ‘गार्ड अफ अनरको स्थान यसपटक एयरपोर्टमै तोकिएको छ । त्यसैले परिचयात्मक कार्यक्रम त्यहीं हुनेछ ।

गार्ड अफ अनरमा दुवै मुलुकका राष्ट्रपति हुन्छन् । राष्ट्रपति भण्डारीले त्यहाँ प्रधानमन्त्रीसहितको परिचय गराउनु हुने छ । परिचय गराउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका अधिकारीहरू विमानस्थलमा उपस्थित हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलेभन्नुभएको छ । राष्ट्रपति सीको भ्रमणलाई पनि विशेष स्वागत र सम्मानको सन्देश दिन विमानस्थलमै गार्ड अफ अनरको कार्यक्रम राखेर त्यहीं कार्यकारी प्रधानमन्त्रीसहितको उपस्थिति हुन लागेको हो । सन् १९७८ मा तत्कालीन चिनियाँ उपप्रधानमन्त्री देङ सियाओपिङको नेपाल भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्वागत गरेका थिए । तीन वर्षअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले एयरपोर्टमै स्वागत गरेकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका अधिकारीहरू विमानस्थलमै पुगेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  १ : २५ बजे