५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

नेपालको विकासमा ५६ अर्ब सहयोग गर्ने राष्ट्रपति सि को घोषणा



काठमाडौं ।
नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गर्नुभयो । आफु र चिनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताउनु भयो । ‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उहाले भन्नुभयो । नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चिन तयार रहेको उल्लेख गर्नुभयो ।
मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गर्नुभयो । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको राष्ट्रपति सीले बताउनु भयो ।
राष्ट्रपति भण्डारीले भने नेपालले सदैव एक चिन नीति लिएको स्पष्ट पार्नुभयो । उहाले चीनले नेपालको आर्थिक र समाजिक विकासमा अहिलेसम्म पु¥याएको सहयोगप्रति चिनियाँ सरकार र चिनियाँ जनतालाई धन्यवाद समेत दिनुभयो । चिनियाँ प्रतिनिधिमण्डल सहभागी रहेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षका बारेमा पनि जानकारी गराउनु भएको छ ।
उहाले दुई देश बीच व्यापार बढ्दै गएकोमा प्रशंसा गरेपनि ब्यापार घाटा बढ्दै गएकाले नेपाली सामान चिन निर्यातका लागि सरल र सहज वातावरण बनाईदिन आग्रह गर्नुभएको छ । नेपालमा उत्पादकत्व र रोजगारी बढाउने क्षेत्रमा चिनियाँ क्षेत्रले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । –जनता टाइम्सबाट

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  १० : १६ बजे