काठमाण्डौ ।
नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको छ ।
होटल सोल्टीमा जारी वार्तामा आपसी हित र विभिन्न परियोजनाका बारेमा छलफल भइरहेको छ । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्टपति सीले सम्बोधन गर्नुभएको छ । वार्ताको सुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो ।
उच्चस्तरीय वार्तापछि विभिन्न १५ ओटा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
२६ आश्विन २०७६ आइतबार ००:००
0
Shares






प्रतिक्रिया