२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कपिलवस्तुमा कवि गोष्ठी हुँदै, विभिन्न स्रष्टालाई सम्मान गरिने



कपिलवस्तु ।
दधि स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा आउँदो कार्तिक २ गते शनिबार कपिलवस्तुमा कवि गोष्ठी, रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्रयाकटर समितिको सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको हो । समाजका संस्थापक अध्यक्ष तथा स्रष्टा सम्मान छनौट समितीका संयोजक ऋषिकेशब भार्द्वाज द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सम्मानित स्रष्टाहरूको नामावली समेत सार्वजनिक गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा नवराज पाण्डेय ’चातक’ (रुपन्देही) शिव तुलसा छन्दरथी साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, पशुपति मणि त्रिपाठी (कपिलबस्तु) आदित्यराज साहित्य रत्न पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, देवकी निरौला (बाँके) आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, अर्जुन कुमार पौडेल ’शर’ (दाङ) बाट हुनुहुन्छ उहालाई टिकाराम काव्य शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६ बाट सम्मानित गरिदैछ ।
यसैगरी राघवेन्द्र कुमार श्रीवास्तव (कपिलवस्तु) वासुदेव गजल शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान, महेश जंग कुँवर (काठमाडौ) पुरूसोत्तम नैनादेवी आख्यान साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान र कपिलवस्तुबाट पवन अधिकारी लाई प्राची बाल साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्यबाट सम्मान गरिदै छ ।
कार्यक्रम बाणगंगा नगरपालिका वडा नम्बर ८ को बिशेष सहयोगमा संचालन हुने दधी स्मृति साहित्य समाजका सचीव समीर शायरले जानकारी दिनुभयो ।
कार्यक्रमले समग्र जिल्लाको पहिचान र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय काव्य प्रेमी , समाजसेवी तथा संबंधित सम्पूर्णलाइ कार्यक्रम सफल पार्न आ आफ्नो स्थान बाट सहयोग गर्न समेत दधी स्मृति साहित्य समाजले आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६ आइतबार ००:००  ५ : ३९ बजे